५ कार्तिक २०८३, बिहिबार

सूर्य थापा भन्छन्– ‘माधव–झलनाथ समूहको साथमा न पार्टी, न चुनाव चिह्न, बिजोगको बाटोमा लागे’

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी छोडेर समानान्तर गतिविधिमा लागेका माधव–झलनाथ समूहले बेलैमा संयमता नअपनाए बिजोगको बाटोमा पुग्ने बताएका छन् ।

उक्त समूहको समानान्तर गतिविधिलाई ‘बागी समूह’को संज्ञा दिँदै थापाले समानान्तर गतिविधि र सर्वनाशको बाटो त्यागेर संयमित हुन माधव नेपाल पक्षलाई सुझाव समेत दिएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरुङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन । साथमा न पार्टी, न चुनाव चिह्न, न त राजनीति नै छ । गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरुरी छ । नभए बिजोग होला हौ ।’

सो समूहको गतिविधिले स्वयम् आफैलाई अँध्यारो सुरुङभित्र फसाएको र फछि फर्किन वा अगाडि बढ्न मुश्किल हुने टिप्पणी थापाको छ ।