
काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा रणनीतिक सडकको शिलान्यास गरेका छन् ।
आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममार्फत ओलीले स्वीच थिचेर १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गरेका हुन् ।
निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने किसिमका रहेको बताइएको छ । हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
शनिबार शिलान्यास गरिएका सडकको कुल लम्बाई २ हजार २१० किलोमिटर रहेको छ । प्रधानमन्त्री ओलीले सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने जानकारी दिएका छन् ।















प्रतिक्रिया