
काठमाडौं, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सङ्कटलाई निकास दिने उपयुक्त विकल्प निर्वाचन भएकाले कांग्रेसको पछिल्लो निर्णय आत्मघाती भएको बताएका छन् ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन गरेको निर्णय आत्मघाती भएको भन्दै अध्यक्ष थापाले वर्तमान समस्या समाधानका लागि निर्वाचननै उपयुक्त विकल्प भएको दाबी गरेका छन् ।
आज शनिबार ट्विट गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठनमा अग्रसरता लिने कांग्रेसको निर्णयलाई आत्माघाती भनेका हुन् । अपवित्र गठबन्धन बनाएर कुशासनको निरन्तता दिने कांग्रेसको चाहना आत्मघाती हुने उनको टिप्पणी छ ।
वर्तमान सङ्कटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो,’ थापाले लेखेका छन्, ‘कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भङ्गालोसँग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कांग्रेसको पछिल्लो चाहना÷निर्णय आत्मघाती हुने छ ।’















प्रतिक्रिया