
कञ्चनपुर, २१ चैत । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ ।
सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ जनाको नतिजा पोजेटिभ आएको हो । त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा २२ जनाको नतिजा पोजेटिभ आएको हो ।
यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ जनामध्ये दुई जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ ।
दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७०० देखि एक हजार जनाको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् ।















प्रतिक्रिया