
दाङ, २१ चैत । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल छन् ।
दाङको तुलसीपुरबाट भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार दुर्घटनामा परी २९ जना यात्रु घाइते भएका छन् । घाइते भएकामध्ये ६ जना मध्यम, २ जना गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य छ ।
२ जनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने ६ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् ।















प्रतिक्रिया