१३ कार्तिक २०८३, शुक्रबार

सरकारी निकायबीच समन्वय गरेर विकास अघि बढ्नुपर्छ: प्रधानमन्त्री ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रालयहरुले सहकार्य गरेर विकासका काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारी निकायबीच तालमेल हुन जरुरी रहेको बताएका हुन् ।

उनले सम्बन्धित निकायबीच तालमेल नहुँदा भद्रगोल हुने गरेको बताए । ‘केही तालमेलहरु मिलाउन बाँकी छ । सहकार्य गर्दा सहकार्यको तरिकाले अगाडि बढ्न जरुरी छ सरकारी निकाय र मन्त्रालयबीच समन्वय हुन जरुरी छ’, प्रधानमन्त्रीले भने, ‘एउटाले बाटो बनाउँदै जान्छ अर्काले भत्काउँदै जान्छ । अव त्यस्तो हुनुहुँदैन ।’

उनले सरकारले सबैभन्दा पहिला मानिसको जीवन रक्षालाई प्राथमिकता दिएको भन्दै कोरोना महामारीकाबीच पनि विकास निर्माणले तीव्रता पाएको बताए ।

त्यसकै कारण मेलम्ची काठमाडौँमा आउन सफल भएको बताए । त्यस्तै, सरकारी सेवा नपाएका ग्राहकहरुले जरिवाना तिर्न नपर्ने उनको भनाइ थियो । मेलम्चीको पानी काठमाडौँ ल्याउन पाउँदा खुशी लागेको प्रधानमन्त्री ओलीको भनाइ छ ।