
काठमाडौं, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको समुद्घाटन गरेकी छन् ।
भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उनले आज आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् । मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाएको छ । उक्त धारामा अबदेखि सधैंभरी नियमित पानी आउने व्यवस्था समेत मिलाइएको छ ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी भएका छन् ।















प्रतिक्रिया