५ कार्तिक २०८३, बिहिबार

एनएलजी इन्स्योरेन्सको ९५ प्रतिशत संस्थापक शेयर साधारणमा परिणत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । एनएलजी इन्स्योरेन्स कम्पनीको ९५ प्रतिशत संस्थापक शेयर साधारण समूहमा परिणत भएको छ ।

कम्पनीले उक्त सेयर समायोजन गरि सम्वन्धित हितग्राही खातामा समेत पठाएको जनाएको छ । कम्पनीको समूह ‘ख’ शेयर २० प्रतिशत कायम रहेकामा गत मंसिर ५ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित समूह ‘ख’ को शेयर सहज विक्री वितरण गर्ने प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्रको दफा ५ ग (१) तथा नियमावलीको नियम ५ ग (१) मा भएको व्यवस्था बमोजिम समायोजन गरेको हो ।

कम्पनीको सूचनामा भनिएको छ, ‘मिति २०७७/१२/६ गतेसम्म शेयर अभौतिकीकरण गराउनु भएका कम्पनीका सेयरधनी महानुभावहरुको सर्वसाधारण समूहको सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको व्यहोरा जानकारी गराउँदै, सो मितिपश्चात् सेयर अभौतिकीकरण गराउनु भएका सेयरधनीहरुको हकमा क्रमशः उक्त सर्वसाधारण सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभीतिकीकरण नगर्नु भएका सेयर धनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्नो कायम हुने सर्वसाधारण समूहका सेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।’