
काठमाडौं, २० चैत । काठमाडौंको भृकुटीमण्डपको ढुंगेधारामा पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको आज औपचारिक रुपमा उद्घाटन गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । गत आइतबार काठमाडौंमा भित्रिएको मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज गर्न लागिएको हो ।
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले जानकारी दिएका छन् ।















प्रतिक्रिया