
काठमाडौं, १९ चैत । नेकपा (एमाले) ले नेताद्वय घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाहीस्वरुप निलम्बन गरेको छ ।
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।
एमालेको केन्द्रीय समितिले गत चैत ८ गते माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् ।
फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।
एमालेले यसअघि नै नेता नेपाल र रावलमाथि ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।
निलम्बन गरिएका चारैजना नेताहरुले पार्टी हितविपरीत गतिविधि जारी राखे थप कारबाही गर्ने चेतावनी पनि पार्टीले लिएको छ । उक्त अवधिमा आफ्ना गतिविधि र आचरण सुधार गरेमा पुनः पार्टीमा फर्किने वातावरण बनाउने पनि एमालेले स्पष्ट पारेको छ ।















प्रतिक्रिया