
ताप्लेजुङ, १९ चैत । मिक्वाखोला गाउँपालिका–४ थलङ बस्ने ३७ वर्षीय जितबहादुर गुरुङ सोही ठाउँस्थित चोक्टी भन्ने स्थानमा ढुङ्गाको चेपमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
जितबहादुर गत बिहीबारदेखि हराएको भनी जानकारी प्राप्त भएपश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैबीच दाङको राजपुर गाउँपालिका–५ मटेनी खोलामा डुबेर सोही ठाउँ बस्ने वीरबहादुर यादवको ८ वर्षीय छोरा पाठेश्वर यादवको बुधबार साँझ मृत्यु भएको छ ।















प्रतिक्रिया