५ कार्तिक २०८३, बिहिबार

माटोको ढिस्को खस्दा पुरिएर १ जनाको मृत्यु, ३ घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

डडेलधुरा, १९ चैत । जिल्लाको अमरगढी नगरपालिका–८ उग्रतारा जंगल नजिकै घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अमरगढी–७ तिलाडीकी ४५ वर्षीया नारुदेवी ऐर छिन् । उनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै घाइते हुनेहरुमा अमरगढी–७ की ३० वर्षीया शारदा ऐर, २० वर्षीया कल्पना बिक र अजयमेरू गाउँपालिका–१ कोटेलीका टेक दमाईकी १३ वर्षीया छोरी सरिता दमाई छन् ।

घाइते ३ जनामध्ये २ जनाको डडेल्धुरा अस्पताल हुँदै थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको तथा १ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।