
काठमाडौं, १९ चैत । मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरू भएको छ ।
बैंकले प्रदान गरेको यो सेवासँगै गोपिगञ्ज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरूमा क्यूआर कोडबाट अनलाइनबानै भुक्तानी गर्न मिल्ने भएको छ । बैंकको यो सेवाबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने विश्वास गरिएको छ ।
यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरूले भाडा बापतको रकम रिक्सामा भएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । क्यूआर कोडबाट सुरक्षित रूपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरूले अटो रिक्साका चालकहरूलाई आवश्यक प्रशिक्षण समेत दिएका छन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरेको जानकारी पनि दिएको छ ।















प्रतिक्रिया