५ कार्तिक २०८३, बिहिबार

कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिदैनौं : निलम्बित नेता नेपाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेकपा एमालेका निलम्बित वरिष्ठ नेता माधव नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने बताएका छन् ।

बुधबार नेपाल निकट युवा संघले स्थापना गरेको केन्द्रीय कार्यालय बुद्धनगरमा कार्यालय उद्घाटन गर्दै नेपाले सा कुरा बताएका हुन् । कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन आफुहरुले चाहेको उनको भनाइ छ ।

कम्युनिष्ट आन्दोलनलाई विर्सजनको ठाउँमा पुर्‍याउन नदिने विश्वास दिलाउँदै नेता नेपालले भने, ‘आन्दोलनलाई नयाँ शिरबाट नयाँ उचाईमा पुर्‍याउन चाहिरहेका छौं र हाम्रो संकल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्‍याउन दिने छैनौं ।’