
काठमाडौं, १९ चैत । माधव–झलनाथ समूहले चाँडै नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी गठन गर्ने बताएको छ ।
आज बिहीबार बिहान पोखरामा कास्कीमा आफू पक्षीय कमिटीको घोषणा गर्दै सो समूहका नेता माधव कुमार नेपालले अब चाँडै केन्द्रीय कमिटी घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।
पार्टीमा आफूलाई सबैले साथ दिइरहेको बताउँदै उनले ओलीको कारवाहीबाट नआत्तिकन अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् ।
निलम्बनबाट आफूहरु नआत्तिएको बताउँदै नेता नेपालले अब देशैभर समानान्तर गतिविधिलाई थप तीव्र पारिने घोषणा समेत गरेका छन् ।















प्रतिक्रिया