५ कार्तिक २०८३, बिहिबार

एमालेको माधव पक्षले बनायो भोजपुरमा युवा र विद्यार्थीको समानान्तर कमिटी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, १९ चैत । नेकपा एमालेको माधव–झलनाथ पक्षले भोजपुरमा युवा र विद्यार्थीको समानान्तर कमिटी निर्माण गरेको छ ।

यसअघि शरणकुमार राई अध्यक्ष रहेको अलग्गै जिल्ला कमिटी बनाएको उक्त समूहले जनवर्गीय संगठन युवा र विद्यार्थीको पछि छुट्टै कमिटी गठन गरेको हो ।

बुधबार भएको भेलाले बिमल रणपहेलीको नेतृत्वमा १७५ सदस्य रहेको राष्ट्रिय युवा संघ बनाएको हो ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को ८५ सदस्यीय कमिटी गठन गरिएको छ ।