
काठमाडौं, १९ चैत । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप ४५८ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९६० पुगेको छ । यस्तै भारतमा हालसम्म १ करोड १४ लाख ७२ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार २१५ छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ थप ७२ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।
यसअघि गत चैत्र १६ मा भारतमा यो वर्षको दोस्रो धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २२ लाख २० हजार ६६९ पुगेको छ ।















प्रतिक्रिया