१३ कार्तिक २०८३, शुक्रबार

नागरिकलाई केन्द्र बनाएर सार्वजनिक सेवा प्रवाह गर्न मन्त्री आलेको निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयबाट सञ्चालन भइरहेका सम्पूर्ण योजनाको ठोस परिणाम देखाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा आयोजना गरिएको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा उनले भने, “मन्त्रालयबाट जति योजना शुरु भएका छन्, यसलाई चाँडो सम्पन्न गरी ठोस परिणाम दिनुस् ।”

नागरिकलाई केन्द्र बनाएर सार्वजनिक सेवा प्रवाह गर्न पनि मन्त्री आलेले मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले वन फँडानीका कारण उत्पन्न नागरिक र वन्यजन्तुबीचको समस्या न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले वन्यजन्तुका कारण नागरिकलाई दिनहुँ समस्या भइरहेको जनगुनासो बढेकाले त्यस क्षेत्रमा क्षतिपूर्तिका लागि तत्काल राहतको व्यवस्था गर्न आग्रह गरे । –रासस