
विराटनगर, १८ चैत । नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
माओवादीले प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।
त्यस्तै, पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव पनि फिर्ता लिने माओवादी केन्द्रले जनाएको छ ।
पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा बैठकबाट अविश्वासको प्रस्ताव पनि फिर्ता लिने जनाएको हो ।
फागुन २३ गतेको सर्वोच्चको फैसलासँगै प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैको बहुमत पुग्छ । त्यसकारण अविश्वासको प्रस्ताव पारित हुने सम्भावना नै हुँदैन ।
प्रदेशसभामा नेकपा एमालेका ५१ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रसँग १६, नेपाली कांग्रेससँग २१, जसपासँग ३ राप्रपा र संघिय लोकतान्त्रिक मञ्चसँग एक–एकजना सदस्य छन् ।
सरकार निर्माणका लागि बहुमत पुग्न ४७ जना सांसद भए पुग्छ । जबकि अन्य सबै दल मिले पनि ४२ जना मात्रै पुग्छन् ।












प्रतिक्रिया