
काठमाडौँ, १८ चैत । नेकपा एमालेकी सांसद शान्ता चौधरीले सरकारका राम्रा कामलाई नदेख्ने, जहिले पनि विरोध मात्र गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
वुधबार प्रतिनिधिसभा बैठकमा उनले सरकारको विरोध गर्नेहरुलाई भनिन्, ‘सरकारको असंवैधानिक कदमप्रति विरोध गरेको भन्दै हुनुहुन्छ, प्रतिगमनविरुद्ध आफूहरुले आन्दोलन गरिरहेको भन्दै हुनुहुन्छ । जनताका बीचमा जाने कुरा असंवैधानिक र प्रतिगमन हुन्छ र ?’
विरोधका लागि मात्रै विरोध गरिएको उनको भनाइ छ । ‘राम्रा कामहरुका बारेमा पनि बोल्नु पर्यो नि !’ उनले भनिन्, ‘कस्तो संस्कार हो हाम्रो, कस्तो बुझाइ हो हाम्रो ? कस्तो दोषी आँखाले हेरिरहेका छौं ?’
उनले भनिन्, ‘सायद यसको पनि विरोध गर्नुहुन्छ होला केही मित्रले, देश सुरुङ मार्गमा प्रवेश गरेको छ, यसको पनि विरोध गर्ने ?’












प्रतिक्रिया