१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्डले भेटे काँग्रेस सभापति देउवालाई, के छलफल भयो ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रचण्ड मंगलबार दिउँसो देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । करिब आधा घण्टा उनीहरुबीच देशको समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

प्रचण्डले नयाँ सरकार बनाउनेबारे पुरानै कुरा लिएर छलफल गरेको तर देउवाले कुनै ठोस जवाफ नदिएको बताइएको छ ।

देउवाले भने सरकारलाई दिएको समर्थन फिर्ता लिन भनेका थिए । जवाफमा प्रचण्डले दलहरुबीच न्युनतम सहमति भएपछि मात्रै समर्थन फिर्ता लिने बताएका बुझिएको छ ।

देउवाले सरकारको नेतृत्व गर्न काँग्रेस तयार रहेपनि परिस्थिति परिपक्व नभएको बताइएको छ ।

छलफलमा सभापति देउवाले प्रचण्डले कुनै प्रस्ट रुपमा अघि नबढेको बताएका थिए ।