१३ कार्तिक २०८३, शुक्रबार

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ ।

मंगलबार नेकपा एमालेका १६ जना सांसदले अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएपछि प्रस्ताव फिर्ता भएको हो ।

उनीहरुले प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् ।

गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।