१३ कार्तिक २०८३, शुक्रबार

संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने सरकारको तयारी

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १७ चैत । सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवीत इतिहास बोक्नुभएका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका थिए ।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र उनले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताएका थिए । ‘राष्ट्रपति ज्युले संस्कृतिविद जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको शन्देश लिएर म नेपालका जिवीत इतिहार बोकेका संस्कृविद जोशीको निवासमा आएको हुँ–जोशीको निवासका आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भने ।

उहाँको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुनेछ, यस्ले उत्कृष्ठ सामुदायिक विद्यालयको सुचीमा पर्नेछ –मन्त्री श्रेष्ठको भनाई थियो । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र एमाले ललितपुर पार्टी अध्यक्ष हरीकृष्ण ब्यञ्जनकार सहित संस्कृतिविद जोशी निवास पुगेका मन्त्री श्रेष्ठले उहाँको स्वाथ्य अवस्थाबारे जानकारी लिएका थिए ।

संस्कृतिविद जोशीले मुलुकलाई दिनुपर्ने सबै कुरा दिइसकेका छन् । अब सरकारले उहाँको नाम अनन्तकालसम्म रहने गरी विद्याकुञ्ज अर्थात विद्यालय निर्माण गर्नेछ–मन्त्री श्रेष्ठको भनाई थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन आग्रह गरेको बताए ।

आफ्नो निवास पुग्नुभएका मन्त्री श्रेष्ठ सहितको टोलीलाई अभिवादन गरेर स्वागत गर्दै १ सय १ वर्ष पुरा गरेका संस्कृतिविद जोशीले आफु स्वाथ्य भएको प्रतिक्रिया दिएका थिए । राष्ट्रप्रमुख एवं राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख एवं प्रधनमन्त्री केपी ओलीको सन्देश लिएर आफ्नो निवासमा आउनु गौरब महशुस भएको प्रतिक्रिया दिदै संस्कृतिविद जोशीले भने–अहिलेसम्म मलाई सरकारले सबै सहयोग गरिसकेको छ, मेरो नाममा विद्यालय खोल्ने तयारी गर्नु समस्त संस्कृतिविद्, इतिहासविद् र साहित्यकारको सम्मान भएको महसुस गरेको छु ।

मेरो विषयमा राष्ट्रपति ज्युले सोधनी गर्नु अत्यन्तै खुसीको विषय हो, शिक्षामन्त्री लाई देखाउदै देशकोे शिक्षामन्त्री समेत आएर मेरो स्वाथ्य अवस्था बुझ्ने र मेरो नाममा विद्यालय खोल्ने घोषणा गर्नु महत्वपुर्ण विषय हो यस्ले गर्दा मलाई अति गौरब महसुस भएको छ–जोशीले भने ।

सरकारसँग मेरो कुनै गुनासो छैन, मेरो तस्बीर अंकित हुलाक टिकटमा राष्ट्रपति ज्युले प्रथम टाचा लगाउनु गौरबको विषय हो, ललितपुर महानगरपालिकाको संयोजनमा मेरो तस्बीर अंकित सिक्का बजारमा ल्याउनु महत्वपुर्ण विषय हो । अब मेरो नाममा विद्यालय खोल्ने राष्ट्रपति स्वयंले राख्नु शौभाग्यको विषय हो –संस्कृतिविद जोशीको भनाई थियो ।

आउँदो वैशाख ३० गते १ सय २ वर्ष वर्ष पुरा हुने संस्कृतिविद जोशी जिवीत अवस्थामै उहाँको नाममा विद्यालय स्थापना गर्ने तयारी शुरु गरेको छ ।

आगामी आवमा बजेट व्यवस्था गरी विद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी गराउँदै मन्त्री श्रेष्ठले भने–उहाँको नाममा खुल्ने विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय हुनेछ । मुल ढोकामा उहाको पुर्णकदको प्रतिमा रहनेछ । सुन्दर बगैँचाको बीचमा बन्ने विद्यालय दरबार हाइस्कुल जस्तै भव्य हुनेछ ।

मन्त्री श्रेष्ठले त्यसो भनिरहँदा सञ्चारकर्मीले जोशीलाइ सोधेका थिए–कहाँ विद्यालय स्थापना गर्दा राम्रो हुन्छ त ? लगत्तै संस्कृतिविद जोशीले भने–यहीँ स्थानमा स्थापना गर्नुपर्छ भन्ने छैन जहाँ आवश्यकता परेको छ त्यहीँ स्थानमा बनाउनुस् । जुन जिल्लाका विद्यार्थीले पढ्न पाएका छैनन् त्यो स्थानमा स्थापना गर्नुस् ।

लगत्तै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयले प्रकृया पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने–तपाई जिवीत भएकै अवस्थामा मुलुकले सत्यमोहन जोशी माध्यमिक विद्यालय पाउनेछ, यो विद्यालय देशकै नमुनाको हुनेछ । भेटका क्रममा ललितपुर महानगरपालिकाका मेयर महर्जनले राष्ट्रपतिको चाहनाको प्रशंसा गर्दै यसले ललितपुर महानगर र ललितपुरवासीले गौरव महसुस गरेको बताए ।

उनले भने–मुलुककै गहना संस्कृतिविद जोशीको चाहना पुरा गर्न महानगरले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा एमाले ललितपुर अध्यक्ष ब्यञ्जनकारले संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्न सम्पुर्ण सहयोग गर्ने बताए ।

उनले भने–उहाँ मुलुककै गहना हो, उहाको नाममा विद्यालय स्थापना गर्ने राष्ट्रपतिको चाहना महान रहेको छ । उनले मन्त्री श्रेष्ठले गरेको महत्वपुर्ण कार्यको प्रशंसा गरेका थिए ।