१३ कार्तिक २०८३, शुक्रबार

सोमबार १४१ जनामा कोरोना, ८२ जना निको

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १४१ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ४१ जना रहेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ६४ हजार २ सय ६८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।