१३ कार्तिक २०८३, शुक्रबार

चीनको सहयोगले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको छ: प्रधानमन्त्री ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

चीनले खोप उपलब्ध गराउनुले प्रधानमन्त्री ओलीले दुई देशबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन् ।

सोमबार बालुवाटारमा आयोजित चीन सरकारद्धारा नेपाल सरकारलाई अनुदान स्वरुप प्रदान गरिएको कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताएका हुन् ।

उनले भने, ‘कोभिड १९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडी लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडी बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडी बढाएको छ । यसले अझ थप बल पुर्याएको छ ।’

चीनले कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् ।

त्यस्तै, सरकारले दुवै छिमेकी मुलुकबाट थप खोप खरिद गर्ने प्रक्रिया अघि बढाउने बताए । उनले भने, ‘दुईवटै भ्याक्सिन प्रभावकारी छन् । तर आ–आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिचकिचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहान्छु ।’

त्यस्तै, कोरोनालाई पराजित गर्न चीनले लिएको नीति तथा कदमको प्रधानमन्त्री ओलीले उच्च प्रशंसा पनि गरेका छन् ।