१३ कार्तिक २०८३, शुक्रबार

यो वर्षको महामूर्खको उपाधि मह जोडीलाई

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत । यो वर्ष महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको छ ।

अघिल्लो वर्षहरुमा झैँ मिथिला नाट्यकला परिषदले आयोजना गरेको होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मह जोडी महामूर्ख घोषित भएका हुन् ।

आईतबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनीहरु दुवै जनालाई मिनापले महामूर्ख घोषणा गरेको छ ।

त्यस्तै सम्मेलनले प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई मूर्ख शिरोमणिको उपाधि प्रदान गरेको छ भने जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंहलाई बैशाखनन्दन, जसपाका केन्द्रीय सदस्य राजिव झालाई वंश कुरहरि, डेली एक्सप्रेस दैनिक पत्रिकाका प्रकाशक शंकर साहलाई मुसरीलाल, जसपा नेतृ विन्दु ठाकुरलाई खपसुरती, जसपा नेता शेषनारायण यादवलाई चोन्हमा, नेपाल शिक्षक संघ प्रदेश नम्बर २ का अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तर घुसका घोषित गरिएको छ ।

त्यस्तै, सुरेश शर्मालाई हराशंख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई वोतलानन्द, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शीतल साहलाई ढोरबा, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकीट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

वि.सं. २०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आयोजन हुँदै आएको छ ।