३१ आश्विन २०८३, शनिबार

पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । आगामी १८ चैतमा सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्वयुवराज पारस शाहको नागरिक अभिनन्दन गरिने भएको छ ।

राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुनःस्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका हुन् ।

यसका लागि डा.देवनारायणको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल समारोह समितिसमेत गठन गरिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।