भरतपुर, १५ चैत । बस र स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार एउटै परिवारका ३ जनाको ज्यान गएको छ ।
शनिबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर २२ बाट माडी ठोरी चल्नेभित्री सडक खण्डको पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुबाहक बस र बिपरीत दिशाबाट जाँदै गरेको ना४० प ७०८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
मृत्यु हुनेमा भरतपुर– ६ गीतानगर बस्ने स्कुटर चालक वर्ष अन्दाजी ४० देखि ४५ को मोहन अधिकारी, स्कुटरमा सबार छोरी वर्ष १७ की बिनिसा अधिकारी र दाईको छोरी वर्ष १७ की दीबिसा अधिकारी रहेका छन् ।
उपचारको क्रममा भरतपुर अस्पतालमा साँझ ६ः५५ मा ३ नै जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवका डीएसपी एवं प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । अभर स्पीडका कारण अनियन्त्रण हुदा स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको थापाको भनाई छ ।











प्रतिक्रिया