जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज (आइतबार) शपथ ग्रहण गर्ने भएका छन् ।
मधेश प्रदेश प्रमुख कार्यालयका सचिव नारायण दाहालले मुख्यमन्त्री यादवले बिहान ११ बजे प्रदेश प्रमुख कार्यालय परिसरमै शपथ ग्रहण कार्यक्रम राखिएको जानकारी दिए । उनले अहिले मुख्यमन्त्री यादवले मात्र शपथ लिने बताए ।
उनका अनुसार मुख्यमन्त्री यादवले आन्तरिक छलफल गर्दै छन् र बिहान ११ बजेभन्दा पहिलेसम्म टुंगो लागेमा सानो मन्त्रिपरिषद् विस्तार हुने सम्भावना पनि रहेको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शनिबार संविधानको धारा १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको हिसाबले जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । यसअघि शुक्रबार दिउँसो ४ बजेसम्म रहेको दाबी पेशको अवधिमा कुनै पनि दलले दाबी पेश गरेको थिएन ।











प्रतिक्रिया