६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री बालेनको भारत भ्रमण आजदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आज (आइतबार) दुई दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् ।

३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।

भारतीय पक्षले तयार पारेको कार्यतालिकाअनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तयारी छ ।

प्रधानमन्त्री साहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेञ्जनकार, राजनीतिक सल्लाहकार असिम साह लगायत सहभागी हुनेछन् ।

यस्तै, निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ५२ जना उद्योगी तथा व्यवसायीको टोली भ्रमण दलमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरको वार्ता गर्नेछन् । मोदीले साहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन् ।

भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने तालिका छन् ।