
काठमाडौँ, १४ चैत । काठमाडौँ महानगरपालिका–२४ बिशालबजार नजिकबाट श्रोत नखुलेको नगद ३० लाख ५० हजार रुपैयाँ सहित काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश पाण्डे लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट दरौदी बहुउद्देश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउदेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया