१३ कार्तिक २०८३, शुक्रबार

दाङमा शिकार खेल्न गएकाको गोली लागेर मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ चैत । दाङमा जंगलमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङको मृत्यु भएको हो ।

गुरुङको स्थानीय जंगलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।