६ मंसिर २०८३, आइतबार

वायु प्रदूषणका कारण अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान शनिबार बिहानैदेखि प्रभावित बनेको छ ।

विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै अवस्थामा छ ।

शनिबार बिहान एउटा अन्तर्राष्ट्रिय उडान भए पनि अहिलेसम्म कुनै आन्तरिक उडान हुन नसकेको विमानस्थलले जानकारी दिएको छ । अहिले पनि भिजिबिलिटी कम रहेकाले उडान सुरू गर्न सकिएको छैन ।

शुक्रबार दिउँसो उपत्यकामा एक्कासि धुलो र धुँवासहितको बाक्लो प्रदूषण देखिएको थियो । भिजिबिलिटी कम हुँदा विमानस्थल केही समयका लागि बन्द गरिएको थियो ।