१३ कार्तिक २०८३, शुक्रबार

तुवाँलोले ढाकेपछि हवाइ उडान बन्द

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । काठमाडौँको आकाशमा तुवाँलोले ढाकेपछि हवाई उडानहरु प्रभावित भएका छन् ।

शुक्रबार दिउँसो एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जनाएका छन् ।

कर्णले दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द भएको जानकारी दिए ।

भिजिविलिटीमा समस्या आएपछि उडान हुने तथा अवतरण हुने सम्पूर्ण सेवाहरु बन्द भएका हुन् ।

घरेलु उडानहरु दिउँसैदेखि प्रभावित बनेको र यस्तै अवस्था रहे काठमाडौँ तर्फ आउने अन्तर्राष्ट्रिय उडान समेत डाइभर्ट गर्नुपर्ने अवस्था रहेको विमानस्थलले जनाएको छ ।