१३ कार्तिक २०८३, शुक्रबार

घरमै होली मनाउन मकवानपुर प्रशासनको आग्रह

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १२ चैत । मकवानपुर जिल्ला प्रशासनले यस वर्षको होली घरमै मनाउन आग्रह गरेको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेपछि नेपालमा पनि त्यसको प्रभाव हुनसक्न तर्फ ध्यान राख्दै प्रशासनले होली घरमै मनाउन अपील गरेको हो ।

बिहीबार प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि मेला, महोत्सव, होली तथा नयाँ वर्ष जस्ता चाडपर्वमा भीडभाड नगर्न आग्रह गरेको हो ।

त्यस्तै, मकवानपुरले भीडभाड नगर्न, सामाजिक दुरी कायम राख्न तथा मास्कको अनिवार्य प्रयोग गर्न पनि सबैमा आग्रह गरेको छ ।