१३ कार्तिक २०८३, शुक्रबार

स्पष्टिकरणमा नेता नेपालले के भने ? (पूर्णपाठसहित)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १२ चैत । नेकपा (एमाले) ले स्पष्टिकरण सोधेकोमा नेता माधवकुमार नेपालले लिखित स्पष्टिकरण दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेता नेपालले स्पष्टीकरणको जवाफ बिहीबार लिखित रुपमा पठाएका हुन् ।

उनले आफू चैँ नभएर प्रधानमन्त्री ओली नै प्रचण्डको मतियार भएको आरोप लगाएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईं स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईंको व्यक्तिवादको अभिव्यक्ति मात्र भएको भन्दै नेता नेपालले यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिने’ स्पष्ट पारेका छन् ।

नेता नेपालले १५ पेज लामो स्पष्टिकरण पत्रमा १३ बुँदामा प्रधानमन्त्री ओलीलाई निकै प्रश्नहरु सोधका छन् ।

चैत ९ गतेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले ४ नेताहरुलाई स्पष्टिकरण सोधेका थिए ।

यस्ताे स्पष्टिकरणकाे पूर्णपाठ: