
काठमाडौँ, १० चैत । ग्राहक खोसेको भन्दै पठाओका राइडरलाई ट्याक्सी चालकले कुटपिट गरेका छन् ।
सोमबार विहान गोंगबुमा ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका हुन् ।
सोमबार विहान ट्याक्सी चालकसँग पैसाको कुरा नमिलेपछि पठाओमार्फत ग्राहक जान लाग्दा ग्राहक खोसेको भन्दै राइडरमाथि कुटपिट भएको हो ।
त्यस्तै, बेलुका पनि ट्याक्सी चालक मिलेर राइडरलाई कुटेको खबर आएको पठाओले जनाएको छ । यद्यपि राइडर को हुन् भन्नेबारे पठाओले जानकारी लिँदै गरेको र घटनाबारे सम्बन्धित निकायसँग छलफल भइरहेको जनाएको छ ।












प्रतिक्रिया