
काठमाडौँ, १० चैत । प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित भएको छ ।
मंगलबार बसेको बैठक अब चैत १८ गते वुधबार १ बजे बस्ने भएको हो ।
शून्य समयमा सांसदहरुले सरकारले संसद विघटन गरेकोमा विरोध जनाएका थिए भने भारतले थप सीमा मिचेको बारेमा पनि ध्यानाकर्षण गराइएको थियो ।
त्यस्तै, मंगलबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।












प्रतिक्रिया