
काठमाडौँ, ९ चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने निर्णय गरेको छ ।
४८ दिनदेखि स्ववियु निर्वाचनको माग गर्दै रिले अनसन बसेको नेवि संघका विद्यार्थीहरुसँग त्रिविले यस्तो सहमति गरेको हो ।
स्ववियु निर्वाचन गर्नका लागि त्रिविले चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ ।
त्रिवि र संघबीच यसअघिको सम्झौता कार्यान्वयन गर्ने, कोभिड १९ ले ढिलो गरी सञ्चालन भएका परीक्षाको नतिजा यथाशीघ्र प्रकाशित गर्ने लगायत सहमति भएको छ ।
सहमतिपत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र नेविसङ्घ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डा श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरेका छन् । अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्रा डा भुसालले जुस खुवाएर अनशन तोडाएका थिए ।












प्रतिक्रिया