
काठमाडौँ, ९ चैत । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ ।
स्थायी कमिटी सदस्य पम्फा भुसालले बैठक मंगलबार विहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जानकारी दिइन् ।
बैठकमा वर्तमान परिस्थितिको राजनीतिक अवस्थाबारे छलफल हुने भुसालले बताइन् ।
त्यस्तै, सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणबारे पनि छलफल हुने बताइएको छ ।












प्रतिक्रिया