
काठमाडौँ, ९ चैत । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज खोप एक साता भित्र नेपाल आउने भएको छ ।
खोप एक हप्ताभित्र आउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।
नेपाल सरकारको अनुरोधमा चीन सरकारले ८ लाख डोज खोप अनुदान दिने भएको हो ।
ढुवानीमा दुई देशले एक अर्काबाट अपेक्षा गरेपछि खोप आइपुग्न ढिलाइ भएको बताइएको छ ।
खोप लिन सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी विमान पठाउने तयारी गरिएको छ ।












प्रतिक्रिया