१३ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमण बढ्न थालेपछि सभा, जुलुस गर्न रोक लगाउने सरकारको निर्णय

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ ।

कोरोना संक्रमणको दर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सभा जुलुस गर्नमा रोक लगाएको हो ।

भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र भएकाले नेपालमा पनि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले सभा, जुलुसमा रोक लगाएको हो ।

त्यस्तै, मन्त्रालयले संक्रमणबाट जोगिने उपायहरु नियमित अवलम्बन गर्न पनि अपील गरेको छ ।