
काठमाडौँ, २८ फागुन । नेकपा एमालेको माधव नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आफूहरुलाई थाहै नदिइ केन्द्रीय समिति विस्तार तथा कतिपय समितिका पदाधिकारी हेरफेर गरेको भन्दै आकस्मिक बैठक बोलाएको हो ।
माधव पक्षले तत्कालै स्थायी कमिटी बैठक बोलाएको एक नेताले जनाएको छ ।
शुक्रबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय बैठकमार्फत नयाँ केन्द्रीय सदस्यहरु मनोनित गर्ने तथा प्रदेश इञ्चार्जहरु फेर्ने निर्णय गरेका थिए ।














प्रतिक्रिया