
काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर आए कसैसँग पूर्वाग्रह नराख्ने बताएका छन् ।
शुक्रबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री ओलीले केन्द्रीय समितिको बैठकमा एमालेको विधान संशोधन गरेर थुप्रै महत्वपूर्ण निर्णयहरू गरेका छन् ।
पार्टीको महाधिवेशन मंसिरमा गर्ने, पूर्वमाओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिने, नेपाल पक्षका नेताहरू जिम्मेवारी खोस्नेलगायत निर्णय गरेको भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल तथा झलनाथ खनालहरु सच्चिएर आत्मआलोचना गरेर आउनुपर्ने बताएका छन् । त्यसो भए आफूहरुले कुनै पूर्वाग्रह नराख्ने बताए ।
सर्वोच्च अदालतले फागनु २३ गते नेकपा (एमाले) र माओवादी केन्द्र ब्यूँतिाएसँगै देशको राजनीतिको आयाममा परिवर्तन भएको छ ।














प्रतिक्रिया