
काठमाडौँ, २८ फागुन । नेकपा एमालेले माओवादी केन्द्रका २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिएपछि माओवादीमा नफर्कने नेताहरुलाई उचित स्थानका साथ व्यवस्थापनमा एमाले लागेको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मनोनित गर्ने निर्णय गरेका हुन् ।
बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय बैठकले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको समेत जिम्मेवारी दिने निर्णय गरेको छ ।
त्यस्तै, बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।
को-को मनोनित भए एमालेको केन्द्रीय सदस्यमा ?
१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) मनोज थापा
९) धर्मराज रेग्मी
१०) कमल जंग
११) दधिराम न्यौपाने
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) ज्वाला साह
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) टेकबहादुर बलामी
१८) चन्द्रबहादुर खड्का
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) डम्बर विष्ट














प्रतिक्रिया