१३ कार्तिक २०८३, शुक्रबार

एमालेले हटायो नेपाल पक्षका प्रदेश इञ्चार्जहरु, को को मनोनित भए ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । एमाले ब्यूँतिएसँगै आफ्नो संगठन विस्तारमा तीव्र रुपमा लागेको छ ।

तर नेता माधव कुमार नेपाल पक्षसहितको पहिलो औपचारिक बैठक नभइ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले विभिन्न निर्णयहरु गरेको छ ।

शुक्रबार ओली पक्षीय नेताहरुको बालुवाटारमा बसेको बैठकले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई जिम्मेवारी दिएको छ ।

बैठकले माओवादी केन्द्र नफर्केका नेता रामबहादुर थापा बादलसहित २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

त्यसैगरी, बैठकले एमालेको विदेश विभाग प्रमुखको जिम्मेवारी राजन भट्टराईलाई दिएको छ । सो विभाग माधवकुमार नेपालले सम्हालेका थिए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई नियुक्त गरिएको छ ।

बैठकले कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेललाई दिने निर्णय गरेको छ ।

वागमती प्रदेश इन्चार्चमा ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ । यसअघि वागमती इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्य रहेकी थिइन् ।

त्यस्तै, प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी, पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकिएको छ ।