
रौतहट, २७ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय सीमामा केहि समयभित्रै सवारी साधन आउजाउ हुने बताएका छन् ।
कोभिडको कारण लामो समय देखि भारतीय सीमाना बन्द रहेकाले गाडी नचल्दा सबभन्दा बढी मधेसको मानिस कठिनाईमा भएको बताउँदै अबको केही समय भित्रै यातायात संचालन हुने प्रतिवद्धता जनाएका छन् ।
उनले आफू कोभिडसम्बन्धी समितिको संयोजक रहेको जिकिर गर्दै मधेसी समूदायको मानिसको पिडालाई हटाउन केहीसमय भित्रै भारतीय सिमानामा गाडी चल्ने वातावरणको लागि भारतसंग पहल भईरहेको जानकारी दिए ।
रौतहटको मौलापुरस्थित पुरातात्विक महादेव मंदिरमा आयोजित मधानी महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । –रासस














प्रतिक्रिया