
काठमाडौँ, २५ फागुन । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि पार्टीको अध्यावधी विवरण बुझाउन निर्देशन गर्ने भएको छ ।
पार्टीको नाम, चुनाव चिन्ह लगायतका विषयमा आयोगले दुवै पार्टीलाई पत्र पठाउने भएको हो ।
आयोगका पदाधिकारीहरु छलफलमा रहेका बताइएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘सर्वोच्चले दुई दल कायम गरेपछि अब आयोग कसरी अगाडि बढ्ने, के–के काम गर्ने भन्नेबारेमा आयोगमा छलफल भइरहेको छ । प्रमुख आयुक्त, आयुक्त लगायतका पदाधिकारीबीच छलफल चलिरहेको छ । यसबारे निर्णय भइसकेको छैन ।’
सवोच्चले आइतबार ऋषिराम कट्टेलको पार्टीलाई नेकपाको वैधानिकता प्रदान गरेपछि आयोगले पनि आवश्यक कारवाही अघि बढाउन लागेको हो ।














प्रतिक्रिया