
काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज मंगलबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेको छ ।
नेकपाको अस्तित्व समाप्त भएसँगै ब्यूतिएको माओवादी केन्द्रले पार्टी पुनर्गठलगायत विषयमा छलफल गर्न सो बैठक बोलाएको बताइएको छ ।
सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई ब्यूँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो ।
यसैबीच माओवादी केन्द्रले आफ्नो पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा हटाएर माओवादी केन्द्रको बोर्ड राखेको छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया