५ कार्तिक २०८३, बिहिबार

माधव र झलनाथका कारण नेकपा एमालेको सचिवालय बैठक स्थगित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक स्थगन गरिएको छ ।

बरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनालहरूले एमालेमा फर्किने निर्णय गरेसँगै निर्धारित बैठक स्थगित गरिएको हो । माधव–झलनाथ समूहले एमालेमै रहने निर्णय नगरेको अवस्थामा बैठक आह्वान गरिएको तथा बैठकअगावै एमालेर रहने निर्णय गरिएका कारण बैठक स्थगित गरिएको बताएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले आज बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाएका थिए । सर्वोच्च अदालतको फैसलापछि एमालेमा फर्कने निर्णय गरेसँगै थप तयारी गर्नुपरेकाले बैठक स्थगित गरिएको हो ।

ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ जना उप–महासचिव, ५ जना सचिव र १ जना कार्यालय सचिव छन् ।

महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालय बैठक चाँडै बसेर पार्टी कार्यालय सन्चालन तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।